सिन्धुली, २४ माघ । सिन्धुलीमा जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
गएराती रामेछापको खाँडदेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा ४ ख ९४३८ नम्बरको टिप्पर सिन्धुलीको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा दुर्घटना हुँदा काभ्रेको तिमाल–९, की २२ वर्षकी कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मध्ये १० जनालाई थप उपचारको लागि काठमाण्डौको ट्रमा सेन्टरमा ल्याइएको छ भने अरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।










प्रतिक्रिया दिनुहोस्