Banner News

ईटको जवाफ पथरले फर्काउन युवासंघ मैदानमा ओर्लिसकेको छ



 

राजीव पहारी अध्यक्ष –युवा संघ नेपाल

युवा संघ के अब राष्ट्रिय महाधिवेशनको तयारीमा त होला नी होइन ?

हामीले भर्खरै केन्द्रीय समितिको बैठक राजधानीमा सम्पन्न गरेका छौ । बैठकले सर्वसम्बतरुमा महाधिवेशन गर्ने निर्णय गरेको छ । हामीले मिति पनि तय गरिसकेका छौ । बैशाखको ९–१३ गते सम्म हुनेछ । अहिले हाम्रो स्रगठनको गतिविघि महाधिवेशन उन्मुख छ ।

यसबीचमा पार्टीले सञ्चालन गरेको मेची–महाकाली अभियानलाई प्रभावकारी ढगले सफल पार्न पनि हामी जुटेका छौ । पार्टीले सञ्चालन गरेको अभियानलाई सार्थक बनाउन युवासंगले तराईका जिल्लाहरुमा योजना बनाएर लागिरहेको छ ।

त्यसो भए युवासंघको राष्ट्रिय महाधिवेशन हुन्छ होइन त ?

हुन्छ । त्यस्तो कुनै विशिष्ट परिस्थिति आइपर्यो भने बैग्लै कुरा ,होइन भने तपाई ढुक्क हुनुहोस् महाअधिवेशन हुन्छ । सामान्य अरु हिसावले कुनै पनि हालतमा अधिवेशन सर्दैन् ।

युवासंघमा अधिवेशन नै नहुने भो, नेतृत्व चयन टिकै प्रथाबाट हुने भो भन्ने पनि चर्चा सुनिन्छ नी होइन र ?

त्यस्ता ती सबै हावादारी कुरा हुन् । युवा संघ जहिले पनि विधि र विद्यान अनरुप नै सञ्चालन हुँदै आएको छ । विद्यानले तोकेको समयवधि भित्रै रहेर हामीले संगठनको अधिवेशन गर्दै आएका छौ ।

अहिले पनि हामीले सर्वसम्बतढंगबाट महा-अधिवेशन गर्ने निर्णय लिएका हौ । युवा संघ लोकतान्त्रिक संगठन हो । हामी सधै लोकतानित्रक मूल्य मान्यता र विधि –विधान अनरुप चल्दै आएका छौ । त्यसो त कहिले कही राष्ट्रिय कार्यभार पूरा गर्न लाग्दा तोकिएको समय भन्दा दुई –चार महिना तलमाथि पर्न सक्छ । तर, महाधिवेशन हुन्छ । र, हामी गछौ ।हाम्रा इच्छा र चाहनाले भन्दा पनि कहिले मुलुकको आवश्यकताका कारणले सर्न सक्छ, केही समय तर,महाधिवेशन हुन्छ ।

सिगो घर जलिरहेको बेला,मेरो कोठा सुरक्षित छ भनेर बस्न त सकिदैन नी होइन ? त्यस्तो विशेष परिस्थिति बाहेक हाम्रो संगठनको महाधिवेशन अन्य हिसावले कुनै पनि हालतमा सर्दैन् ।

तपाई नेतृत्वमा आएपछि युवासंघले उल्लेखीय त्यस्तो के काम गर्यो ?

मुलुकमा दनदनी आगो बलीरहेको बैला म नेतृत्वमा आएको थिए । मुलुकमा बलेको आगोलाई केही हदसम्म भए पनि साम्य पार्ने काममा म दावाका साथ भन्छु युवासंगले भूमिका खेल्यो ।

सरकारले घोषणा गरेको चुनाव गराउन युवासंघको के भूमिका हुन्छ ?

मुलुकलाई निकास दिन चुनाव अत्यावश्यक छ । चुनाव भयो भने मात्रै संविधान कार्यान्वयन हुन्छ, त्यसैले पनि मैले भन्दै आएको छु चुनाव कुनै पनि हालतमा र कुनै पनि हिसाबले गर्ने पर्छ । देशमा १९ वर्षपछि स्थानीय निकायको निर्वाचन हुन लागेको छ ।

स्थानीय निकायमा लामो समयदेखि निर्वाचन नभएकै कारण स्थानीय निकाय भ्रष्टाचारले तहसनहस बनेका छन् । स्थानीय तहमा विकास निर्माणका कामहरु लगभग ठप्प अवस्थामा छ । एकातिर भने अर्कोतिर लोकतन्त्रको संस्थागत विकासमा चुनाव नभएकै कारण गति समाउन सकेको छैन् । संघीयतामा मुलुक गएको छ । तर, केन्द्रमा भएका अघिकार तल्लो तहमा पु¥याउन सकिएको छैन् ।

स्थानीय निकाय नभएकै कारण भ्रष्टाचारका डरलाग्दा तस्विरहरु देखापरेका छन् । म तपाईलाई भनु धनुषा जिल्लाको जिविसमा ३९ करोड बजेटमा ३७ भ्रष्टाचार भएको तथ्य वाहिर आयो । यसबीच स्थानीय निकायमा फैलिएको भ्रष्टाचारमा धनुषा जिल्ला प्रतिनिधि पात्र मात्रै हो । स्थानीय निकायका कतिपय कर्मचारीहरुले एक वर्षमा नै करौडौ रुपियाँ आर्जन गर्ने योजनाका साथ काम गर्दै आएको देखिएको छ ।

त्यसो भए सरकारले घोषणा गरेको चुनाव हुन्छ होइन त ?

हुन्छ । किन हुँदैन, दुई–चार जनाले हुँदैन, हामी भाग लिदैनौ भन्ने वितिकै निर्वाचन नहुने कुरा कहाँ हुन्छ । मधेसमा नै विस्थापित भएका केही मधेसवादी दलहरुले स्याल हुँइया मच्चाउँदैमा चुनाव नहुने कुरा हुँदैन् ।

देशमा चुनाव हुन नदिनु भनेको मुलुकको लोकतन्त्रको घाँटी निमोठ्नु हो । विकास निर्माण ठप्प पार्नु हो । भ्रष्टाचरको संस्थागत विकास गर्नु हो । देशलाई अनिर्णयको बन्दी बनाउँदै मुलुकलाई वर्वादीतर्फको बाटोमा हिडाउन चाहानेहरुले मात्रै यो वा त्यो वहानामा चुनाव रोक्न खोज्छन् ।

स्ववियुको निर्वाचनलाई कसरी हुर्नुभएको छ नी ?

अनेरास्ववियुलाई चौतर्फि घेराबन्दी गर्दा पनि अनेरास्ववियुले जसरी अग्रता कायम गरेको छ । त्यसले एमाले जनताबीच लोकप्रिय छ भन्ने कुरा पुष्टि गरिदिएको छ । चुनावदेखि अरु दल डराइरहेका पनि कसैगरी पनि अब एमालेलाई रोक्न र छेक्न सकिदैन भनेर हो ।

एमालेको मेची–महाकाली अभियानमा युवासंघ संगै छ होइन ?

हो । यो अभियानलाई सफल पार्न हामी संग–सगै छौ । हामी जाइलाग्दैनो, तर हाम्रो अभियानलाई विथोल्न कोही आउँछ भने त्यसमा हामी चुपलागेर बस्ने कुरै आउँदैन् । जस्तालाई त्यस्तै युवासंघले जवाफ दिने छ । पार्टीले संञ्चालन गरेको अभियानलाई सार्थक र सफल बनाउँन युवासंघले मैदानको जिम्मा लिइसकेको छ ।