सोलुखुम्बु, २६ माघ । सोलुखुम्बुसहित पूर्वीपहाडी जिल्लामा बर्सातसँगै हिमपात भएपछि त्यहाका जनजीवन प्रभावित भएको छ ।
सल्लेरीबाट देख्न सकिने डाँडाकाँडा हिउँले सेताम्य भएको छ । उच्च भूभागमा हिमपात भएको छ भने सल्लेरीसहितका तल्लो भूभागमा तीव्र गतिमा हावा चलेपछि चिसोका कारण जनजीवन प्रभावित भएको छ ।
हावाहुरीका कारण जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीले सोलुखुम्बुको पत्तालेस्थित नेपाल टेलिकमको एन्टेनामा असर पारेपछि फोन सेवा प्रभावित भएको जनाएका छन ।टेलिकमको ल्याण्डलाइन, नमस्ते, स्काईलगायत टेलिफोनमा टावर आउने जाने भइरहेको छ ।
जिल्ला सदरमुकामसहित आसपासका करीब एक हजार ६०० घरधुरीलाई विद्युत् सेवा प्रदान गर्दै आएको कम्पनीको सेवा आज दिनैभरि प्रभावित बनेको हो । विद्युत् आउने–जाने भएपछि यहाँ सञ्चालित एफएम रेडियोको सेवासमेत प्रभावित बनेको सञ्चारमाध्यमले जनाएको छ ।
मौसम विभागले शनिबारसम्म देशभरिको मौसम बदली हुने मौसमविद्हरुको भनाई रहेको छ ।










प्रतिक्रिया दिनुहोस्