राजनीति

सरकार सङ्घीयताप्रति प्रतिबद्ध छ : मन्त्री ढकाल



विराटनगर, २६ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताएका छन ।

शनिबार प्रेस चौतारी मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा मन्त्री ढकालले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन सरकारले कानून निर्माण गरिरहेको बताएका छन ।

वाइडबडी जाहाजका विषयमा उत्पन्न विवादलाई समस्या समाधान गर्न छानबिन समिति बनिसकेको भन्दै मन्त्री ढकाले सत्य निरुपण मेलमिलाप आयोगका पदाधिकारीको म्याद समाप्त भए पनि आयोगको म्याद समाप्त नहुने बताए ।