भक्तपुर, २७ माघ । भक्तपुरको राधे राधेमा आज एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
शनिबार बिहान ११ः२० बजे राधे राधे अगाडि पुल मुनि अन्दाजी २०, २५ वर्षकाे युवती मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको र शवलाई पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लैजान लागिएको प्रहरीले जनाएको छ ।
उक्त घटनामाथि थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्