काठमाडौं, २७ माघ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिबद्धता आफ्नो कार्यकालमा पूरा गर्ने बताएका छन ।
आईतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालयको भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले सूरुवाती कालमा वृद्धहरुका लागि १ लाखको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको र अब मासिक ५ हजार भत्ता दिने कामलाई सुरु गर्ने बताएका छन ।
उपप्रधानमन्त्री पोखरेलले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि यहि फागुन १ गते विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा गर्न लागेको जानकारी दिएका छन ।
काठमाडौं महानगरपालिका ४ वडा समितिको पहल र स्थानीयको समर्थनमा चण्डोल दक्षिणामूर्ति आश्रम नजिक सार्वजनिक जमिनमा व्यक्तिले करिब ११ वर्षदेखि कब्जा गरी बनाएको घर कब्जाबाट मुक्त गरि सोही घरबाट वडा कार्यालयको काम सूरु गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्