समाचार

पश्चिमी वायुको प्रभावले मौसम बदली : आंशिक बद्ली हुने



काठमाडौँ, २८ माघ । सोमबार काठमाडौँसहित देशका धेरैजसो ठाउँको मौसम आंशिक बद्ली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बेलुकीपख नै भित्रिएको अर्को पश्चिमी वायुले सोमबार पश्चिमी पहाडी भूभागसहित देशका अन्य ठाउँमा बदली भएको महाशाखाले जनाएको छ ।

सोमबार पश्चिमी पहाडी भेगका केही ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । तर पश्चिमी वायुको प्रभाव कमजोर देखिएकाले ठूलो पानी पर्ने सम्भावना भने छैन । यस्तै सोमबार राति उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।