Banner News

प्रहरी दलाली वा दमन लागि होइन, कर्तव्य पालनाका लागि हो : प्रधानमन्त्री



काठमाडौं, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी भनेको दलाली वा दमन गर्नका लागि होइन, कर्तव्य पालनाका लागि रहेको बताएका छन ।

मंगलबार राजधानीमा नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा बोल्दै प्रधानमन्त्रीले भने, ‘प्रहरी भनेको दलाली वा दमन गर्नका लागि होइन, कर्तव्य पालनाका लागि हो ।’

साथै उनले प्रहरी नेतृत्वलाई कार्यसम्पादन मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली बनाउन निर्देशन दिदै भने ‘नेपाल सरकारले कोशेली र चाकडीको अपेक्षा गर्दैन ।’

प्रधानमन्त्रीले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिदै भने, सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रहरी अधिकारीहरुलाई सचेत गराएका छन ।

सुशासन र विकासको क्षेत्रमा धेरै काम गरेर मात्रै सरकार बिदा हुने भन्दै आफ्नो नेतृत्वको सरकार ढल्ने सम्भावना नभएको बताएका छन ।उनले भने, कसैलाई नौ–नौ महिनामा सरकार परिवर्तन हुन्छ भन्ने लागेको होला, तर यो सरकार हट्नुभन्दा अगाडि धेरै कुरा थितिमा ल्याउँछ ।’