काठमाडौं, २९ माघ । खानेपानी मन्त्रालयले ११ महिनाको अवधिमा मुलुकभर ५ सय १८ वटा आयोजनाहरु सम्पन्न गर्न सफल भएको जनाएको छ ।
मन्त्रालयलले मेलम्ची खानेपानीको ब्रेक थु्रसहित ५ सय १८ वटा खानेपानी आयोजनाहरु सम्पन्न भएको मन्त्री विना मगरको सचिवालयले जानकारी दिएको छ ।
२०७४ चैत २७ गते मेलम्ची सुरुङ मार्गको ब्रेक थ्रु भएको थियो । मेलम्ची आयोजनाले २७ किलोमिटर लामो सुरुङ खन्ने कामलाई ऐतिहासिक उपलब्धि भएको छ । मेलम्ची आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत सकिएको समेत सचिवालयले जनाएको छ ।
मन्त्रालय अन्तर्गतका निकायहरुले देशभरि नै साना ठूला गरी ५ सय १८ वटा खानेपानीका आयोजनाहरु सम्पन्न भएको तथ्याँक सार्वजनिक गरिएको छ ।
खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमले ९ वटा र तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले ४ वटा आयोजना सम्पन्न गरिसकेका छन् । भूकम्पबाट क्षतिग्रस्त भएका आयोजनाहरुमध्ये ३ सय ६० वटा आयोजनाहरुको पुननिर्माण तथा पुनस्थापना कार्य सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्