कैलाली, १ फागुन । कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
आज बिहान उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीसँग जम्काभेट हुँदा अभियुक्त भाग्न खोजेकाले गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।
उनको खुट्टामा गोली लागेको छ भने उनलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ । गतसोमबार बलात्कारको अभियोगमा पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएका थिए ।










प्रतिक्रिया दिनुहोस्