राजनीति

पूर्वप्रधानमन्त्री बाबुरामद्वारा जनयुद्ध दिवसको शुभकामना



काठमाडौं, १ फागुन । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो तस्वीरसहित शुभकामना दिएका छन  ।

उनको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली समाजको लोकतान्त्रिकीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस (फागुन १)को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना’, बाबुरामले ट्वीट गरेका छन्, ‘संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दशवर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२र०६३ को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं ।’