काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सीमानाभित्र छिरेपछि ढुक्कको श्वास फेर्ने गरी शान्ति सुरक्षाको सु–व्यवस्था कायम गर्ने सन्दर्भमा काम भइरहेको बताएका छन ।
बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई दुनियाँको सूसभ्य, नैतिकवान, शान्त देश बनाउने गरी सरकारले अनेक प्रयास अघि बढाएको बताउदै भने, ‘नेपालको सीमानाभित्र पसियो, अब सुरक्षाको चिन्ता गर्नु पर्दैन, सुनचाँदीका गहना होस् वा साना झोला नै किन नहोस् कुनै पनि सामान हराउने चिन्ता अब रहँदैन ।’
साथै उनले भने, यो नेपाल हो नेपालमा सानोभन्दा सानो सामान होस् वा जिउ ज्यान सबैको सुरक्षाको प्रत्याभूत छ भन्ने सन्देश फैलाउन त्यस्तै काम गर्नु जरुरी छ ।’
प्रधानमन्त्री ओलीले पार्टीमा फुट ल्याउने प्रयास भइरहेको भन्दै उनले भने, बाआमालाई एकअर्काबारे कुरा लगाएर झगडा गराए जस्तो नेकपामा पनि समस्या ल्याउने प्रयास भरहेको छ, ‘अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो । त्यसभित्र समस्या पैदा गर्ने कोशिश ओहो ! थामिसक्नु छैन ।’
सरकारले बरोजगार युवाहरुलाई वर्षमा न्यूनमत १०० दिन रोजगारी दिने उद्देश्यसहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । अब सरकारले बेरोजगार नागरिकलाई न्युनतम् सय दिन रोजगारी दिनेछ । रोजगारी दिन नसके निर्वाह भत्ता दिनेछ ।
प्रधानमन्त्री ओलीले नेपाल हरेक दिन एक कदम अगाडि बढेको भन्दै, नेपाली जनताले देख्न खोजेको दिन यही रहेको बताएका छन ।










प्रतिक्रिया दिनुहोस्