राजनीति

विकास र समृद्धिमा सबैको सहभागिता : ऊर्जामन्त्री पुन



काठमाडौं, २ फागुन । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले जलविद्युत आयोजनाबाट कोही पनि नछुट्ने साथै विकासमा र समृद्धिमा सबैको सहभागिता हुने बताएका छन ।

आज ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको शुभारम्भ गर्दै उनले विभिन्न १९ वटा आयोजना सरकार र जनताको संयुक्त लगानीमा निर्माण हुने बताए ।

उक्त आयोजनामा सरकार र सरकारी लगानी रहेको संस्थाका तर्फबाट ५१ प्रतिशत र जनताको तर्फबाट ४९ प्रतिशत लागानी रहने उल्लेख गरे ।

कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि उर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्रीको अध्यक्षतामा रहने समितिमा उर्जा मन्त्रालयकै सचिव उपाध्यक्ष, कानुन महाशाखाका सहसचिव, अर्थ तथा वित्तिय महाशाखाका सहसचिव सदस्य रहनेछ ।

यसैगरी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, नेपाल धितोपत्र वोर्डका कार्यकारी निर्देशक, विद्युत उत्पादन कम्पनी लिमिटेड, एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सदस्यका रुपमा रहनेछन् ।