Banner News

प्रधानमन्त्रीको उल्टो गति, निर्वाचन होइन ः मन्त्रिपरिषद विस्तारको तयारी



काठमाडौँ, ५ माघ । प्रधानमन्त्री प्रचण्डले बिहीबार दुईजना मन्त्री मन्त्रि परिषद्‍मा थप्न लागेका छन् ।प्रचण्डको यो कार्यशैलीले स्थानीय निकायको निर्वाचन पर धकेलिने छ । तीव्ररुपमा यतिबेला निर्वाचनको तयारी अघि बढाउनु पर्नेबेलामा उनी निर्वाचन होइन,मन्त्रिपरिषद विस्तार गरेर सत्ताको आयु लम्ब्याउने खेलमा लागेका देखिन्छन ।

मुखले प्रधानमन्त्रीले निर्वाचनका गीत जतिनै गाए पनि उनीको प्राथमिकता निर्वाचन होइन, सत्ताको आयु बन्न पुगेको व्यवहारमा स्पष्ट देखिएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार समाजवादी पार्टीका नेता प्रेमबहादुर सिंह र अखण्ड पार्टीका कुमार खड्का मन्त्री हुन लागेका हुन् ।

उनीहरुको सपथ बिहीबार नै हुने भएको छ । तर दुवैजनाको मन्त्रालय भने टुंगो लागिनसकेको दाहालले जानकारी दिए । यो विस्तारसँगै मन्त्रिपरिषद् ४३ सदस्यीय हुने भएको छ। यसैबीच ती दुई जनामात्रै होइन, सरकारले
राप्रपाबाट मन्त्री थप्ने तयारी पनि गरेको छ। संविधान संशोधन बहुमत पुर्‍याउने अभ्यासमा लागिरहेको सरकारले विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनधिकार फोरम लोकतान्त्रिकलाई समेत सरकारमा ल्याउने तयारी गरिरहेको छ ।

राप्रपालाई उपप्रधानमन्त्री र एक मन्त्रालय दिने तयारी प्रचण्डले गरेका छन् । फोरम लोकतान्त्रिकलाई दुईवटा मन्त्रालय दिने गरी छलफल चलि रहेको स्रोतले जानकारी गरायो ।