बुटवल, ४ फागुन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समृद्धि राजधानी विशेषले ल्याउँछ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन ।
शुक्रबार प्रदेश ५ सरकार स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले भने स्थायी राजधानी र नामाकरण गर्दा ठाउँ विशेषको आग्रहबाट मुक्त हुनुपर्ने भन्दै उनले जहाँ प्रदेश राजधानी हुन्छ, त्यहां मात्र विकास हुन्छ सोंचबाट पनि मुक्त हुन आग्रह गरेका छन ।
मुख्यमन्त्री पोखरेलले संघीयताले खर्च बढ्यो भन्नु गलत भएको भन्दै संघीय व्यवस्थामा तीन तहका सरकारका लागि १५ प्रतिशत कर्मचारी र १५ प्रतिशत खर्च बढी लागे पनि जनताले सेवा लिन गर्नुपर्ने खर्च भने घटेको दावी गरेका छन ।
‘संघीयता वा प्रदेश सरकार देख्न नचाहनेले संघीयताले खर्च बढायो भनेर भ्रम छरेका छन्’ मुख्यमन्त्रीले भने, ‘तर विगतमा जनतालाई जिल्ला सदरमुकाम र राजधानी काठमाडौं धाउनुपर्दा लाग्ने सबै खर्च घटेको छ, यो कुरा हामीले बुझाउनुपर्छ ।’
शून्य संरचनाबाट काम शुरु गर्नुपरेकाले विकासको गति लिन नसके पनि जनतामा भरोसा पैदा गर्न सकेको गरेको पोखरेलको भनाइ रहेको छ ।










प्रतिक्रिया दिनुहोस्