समाचार

मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु



मोरङ, ४ फागुन । मोरङको कानेपोखरी गाउँपालिका– ६ रमाइलो बजारमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार साझँ साढे ५ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २७ प ८६७४ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा सोही गाउपालिका–४ का ३२ वर्षीय रबिन गहतराज रहेको प्रहरीले जनाएको छ ।

चालक गहतराजको उपचारको क्रममा वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।