विश्व

अन्धाधुन्ध गोली चल्दा पाँच जनाको मृत्यु



एजेन्सी, ५ फागुन । अमेरिकाको ईलिनोय राज्यमा अन्धाधुन्ध गोली चल्दा पाँच जनाको मृत्यु भएको छ ।

इलिनोय राज्यको औद्योगिक शहर अरोरामा बन्दुकधारीले अन्धाधुन्ध गोली चल्दा पाँच जना प्रहरी पनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कम्पनीमै कार्यरत ४५ वर्षका ग्यारी मार्टिनले अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।

भल्भ निर्माण गर्ने हेनरी प्राट्ट कम्पनीमा कार्यरतमाथि आक्रमण गर्द प्रहरीले गरेको जवाफी कारवाहीमा बन्दुकधारीको पनि मृत्यु भएको जनाएको छ ।