समाचार

डीपीएल : आज दुई खेलबीच प्रतिस्पर्धा हुँदै



काठमाडौँ, ५ फागुन । धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ ।

डीपीएलअन्तर्गत आज पहिलो खेलमा सिवाईसी अत्तरियाले महेन्द्रनगर युनाइटेडसँग तथा दोस्रो खेल काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्ससँग प्रतिस्पर्धा गर्दैछन् ।

फाप्ला क्रिकेट मैदानमा हुने दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया र शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगरबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

आइतबार हुने दोस्रो खेलमा काठमाडौंले रुपन्देहीसँग प्रतिस्पर्धा गर्दैछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं र बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीबीच दिउँसो १ बजे सुरु हुनेछ ।