समाचार

आज पश्चिम र पूर्वका केही ठाउँमा पानी पर्ने : सोमबारदेखि पुनः देशभर बदली हुने



काठमडाौँ, ५ फागुन । आइतबारदेखि उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसममा सुधार आउने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले गएको बिहीबारदेखि देशभरको मौसम बदली भैरहेको छ । अहिले देशका केही ठाउँमा कुहिरो लागेको भए पनि विस्तारै हट्दै गएर दिउँसो घाम लाग्ने विभागले जनाएको छ । पश्चिम पहाडी भेग र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

आइतबार मौसममा सुधार आएपनि सोमबार फेरि अर्को पश्चिमी वायु भित्रिन लागेकोले भोलिदेखि फेरि मौसममा बदली हुने महाशाखाले जनाएको छ । सोमबारदेखि फेरि नयाँ प्रणाली आउने भए पनि सोमबार काठमाण्डौको मौसम भने सफा नै हुने महाशाखाले जनाएको छ ।