काठमाडौं, ५ फागुन । सरकारले फागुन ७ गते ६९ औं प्रजातन्त्र दिवसको दिन प्रजातन्त्र दिवससम्बन्धि सूचनामूलक सामग्री प्रशारण गर्न सञ्चार माध्यामहरुलाई आह्वान गरेको छ ।
आज बसेको ६९ औं प्रजातन्त्र दिवस मूल समारोह समितिअन्तर्गतको प्रचार–प्रसार उपसमितिको बैठकले सबै सरकारी तथा निजी सञ्चार माध्यामहरुलाई प्रजातन्त्र दिवससम्बन्धि सूचनामूलक सामग्री प्रशारण गर्न आह्वान गरेको हो ।
उपसमितिले प्रजातन्त्र दिवसलाई भव्यरुपमा मनाउन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेका मूल समारोह समितिले गरेका निर्णय उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित प्रजातन्त्र दिवस मूल समारोह समितिले फागुन ६, ७ र ८ गते देशभर तथा मुलुकबाहिर रहेकोे नेपाली कूटनीतिक नियोगहरुमा प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्