रुपन्देही, ६ फागुन । बुटवलमा जारी २१ औ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सीएमजी संकटा क्लब काठमाण्डौले च्यासल युथ क्लबको सामना गर्दैछ ।
एन्फा टेक्नीकल सेन्टर देवीनगर बुटवलमा आज दिउँसो साढे २ बजेप खेल सुरु हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघले बताएको छ ।
आइतबार भएको खेलमा सडेन डेथमा सुनसरी ११ लाई हराउँदै आयोजक रुपन्देही ११ सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा २ विदेशीसहित १० टिमको सहभागीता रहेको छ ।










प्रतिक्रिया दिनुहोस्