काठमाण्डाै, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यमहरुलाई तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन ।
मंगलबार राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री बाँस्कोटाले सञ्चार माध्यमहरुले कसैको विरोध वा समर्थनभन्दा पनि तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न आग्रह गरेका हुन ।
राससलाई सिर्जनात्मक केन्द्र र वास्तविक समाचार उत्पादन गर्ने मिलको रुपमा विकास गर्नुपर्ने बताउदै उनले भने, “सरकारी हो भन्ने मान्यता त्याग्नुस्, वास्तविक पत्रकारिता गर्नुस् । सरकारको सधैँ साथ र सहयोग रहन्छ ।”
मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक लागू नगरेको भन्दै निजी क्षेत्रको सञ्चार माध्यमप्रति आक्रोश समेत व्यक्त गरेका छन ।
उक्त कार्यक्रममा ‘राष्ट्रिय समाचार समिति (रासस) पत्रकारिता पुरस्कार’बाट राससका विष्णुप्रसाद नेपाल र नीरजकुमार गौतमलाई सम्मान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्