काठमाडौं, ८ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले ९५ प्रतिशत अपराधीलाई कानूनी कठघरामा ल्याएको बताएका छन ।
बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले सरकार देशमा शान्ति सुरक्षा सुदृढ बनाउन सफल भएको बाताउदै उनले ९५ प्रतिशत अपराधीलाई कानूनी कठघरामा ल्याएको बताएका छन ।
उनले भने ‘अपराधीलाई कानूनी कठघरामा ल्याउन राज्य मूलभूत रुपमा सफल छ’ उनले भने ‘९५ प्रतिशत अपराधीलाई कानूनको कठघरामा ल्याएका छौं, कतिपय घटनामा अझ पनि सफल हुन सकेका छैनांैं । हामी त्यसमा प्रयासरत छौं ।’
निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे मन्त्री थापाले भने, ‘यस घटनामा अपराधीलाई जसरी शीघ्रताको साथमा कानूनको कठघरामा ल्याउनुपर्थ्यो त्यसमा सफल भएका छैनौं’, ‘तर प्रयासलाई निरन्तरता दिएका छौं, हामीलाई विश्वास छ अपराधी कानूनी कठघरामा आउनेछन् ।’
३३ किलोको सुन तस्करीबारे मन्त्री थापाले भने, ‘तस्करले नयाँ बाटो, नयाँ उपाय अवलम्बन गरेर छिटपुट रुपमा सुन तस्करी भइरहेको छ ।’ ‘नयाँ सञ्जाल, नयाँ रुटलाई पनि ध्वस्त पार्ने कुरामा सरकार लागिरहेको छ । ती पनि ध्वस्त नै हुनेछन् ।’
मन्त्री थापाले सरकारले सिण्डिकेट अन्त्य गरेको भन्दै फेरि फर्केर आउने सम्भावना नभएको बताएका छन ।










प्रतिक्रिया दिनुहोस्