काठमाडौं, ८ फागुन । नेपाल एलपी ग्यास उद्योग संघले फागुन ३० गतेदेखि ग्यास बिक्री बन्द गर्ने चेतावनी दिएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै ग्यासमा कमिसन वृद्धि लगायत १० बुँदे माग पूरा गराउन संघले १० दिने अल्टिमेटम दिइएको हो ।
संघले माग पूरा नभए फागुन १७ गतेदेखि आन्दोलनका कार्यक्रम शुरु गरी फागुन ३० गतेबाट ग्यास बिक्री पूर्ण रुपमा बन्द गर्ने बताएको छ।
अध्यक्ष गोकुल भण्डारीले उद्योगको सञ्चालन खर्च, ग्यास बिक्रेताको यथार्थ कमिसन, बीमा खर्च, उद्योगको कार्यगत नोक्सानी, स्थानीय ढुवानी भाडा, मुनाफा तथा बिक्रेता र वितरकको उचित नाफाका लागि तत्कालै एक समिति गठन गरी त्यसको प्रतिवेदनका आधारमा प्रत्येक वर्ष कमिसन र खर्च समायोजन हुनुपर्ने बताएका थिए ।










प्रतिक्रिया दिनुहोस्