राजनीति

अष्ट्रियाका विदेशमन्त्री आज नेपाल आउँदै



काठमाडौँ, ९ फागुन । अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल आज राजधानी काठमाडौँ आउँदै छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदेशमन्त्री किनाइसलले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनी परराष्ट्र अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनेछन् ।

नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका विषयमा पनि विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ  ।