रोचक

नेपालसहित बिहेकै पहिरनमा ३३ देश घुमेर हनिमुन



एजेन्सी, अमेरिकाको न्युजर्सीका निक अस्ट र उनकी पत्नी जोकोले ३३ वटा देशमा हनिमुन मनाएका छन । निक र जोले हाइस्कुलमै पढ्दा एकअर्कालाई माया गरेका थिए र भविष्यमा बिहे गर्ने योजना बनाएका थिए ।

निक र जोले इन्स्टाग्राममा सगरमाथा आधार शिविरको फोटो राखेर लेखेका छन्, ‘हामीले माउन्ट एभरेष्ट र आसपासका हिमाललाई नजिकबाट हेर्न काठमाडौंबाट कालापत्थरसम्म हेलिकोप्टर लगेर गयौं । भलै यो क्षण विशेष रुपमा पाँच मिनेटसम्म मात्र थियो, हामीलाई सास फेर्न पनि गाह्रो भएको थियो (२० हजार फिटको उचाइको कारण) । यो अरु जस्तो थिएन । नजिकबाट सगरमाथा हेर्दाको अनुभव वर्णन गरेर सकिँदैन ।’

उनीहरुले बिहे पहिरनमै पूरै १० महिनासम्म स्पेनको बार्सिलोना, दुबई, इटाली, फ्रान्स, टर्की, इण्डोनेसिया, जापान, ग्रिस, न्युजिल्याण्ड, अस्ट्रेलिया, अस्ट्रिया, सर्बिया, दक्षिण अफ्रिका, इजरायल, सिंगापुर, इजिप्ट, श्रीलंका, भारत, स्विटजरल्याण्ड लगायतका देशमा पनि पुगी  अहिले अमेरिका फर्किसकेका छन ।