काठमाडौँ, ९ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकता प्रक्रियाको टुंगो लगाउन आज कार्यदलसहित सचिवालयको बैठक बोलाएको छ ।
पार्टी एकतामा ढिलाइ हुँदा कार्यकर्ता तहबाट चर्को दवाव परेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले लामो गृहकार्यपछि आज स्थायी समितिद्वारा गठित कार्यदलका सदस्यसहित सचिवालय बैठक बोलाइएको हो । आज बस्ने बैठकले एकताको ठोश निर्णय लिने बताइएको छ ।
तीन महिनामा सवै तहको साँगठानिक एकता टुंगो लगाउने घोषणा गरेपनि लामो समयसम्म एकीकरण हुन नसकेपछि नेतृत्वमाथि चाँडो टुंगो लगान दवाव परिरहेको छ । आजको बैठकमा कार्यदलका सवै सदस्यलाई आमन्त्रण गरिएको छ ।
कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा र महासचिव बिष्णु पौडेल, शंकर पोखरेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुबीर महासेठ, बेदुराम भुसाल, बर्षमान पुन र लेखराज भट्ट हुनुहुन्छ ।










प्रतिक्रिया दिनुहोस्