काठमाडौँ, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिले गठन गरेको ९ सदस्यीय कार्यदलले थप एक हप्ताको समय माग गरेको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालयसहितको संयुक्त बैठकमा एकीकरणका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरेको जनाएको छ ।
उक्त बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको आवश्यकता तथा सदस्यले आफ्नो प्रतिवेदनका सम्बन्धमा आआफ्ना विचार राखेको जनाएको छ ।
सचिवालयसहितको संयुक्त बैठकले विभिन्न कारणले काम गर्न नसकिएको भन्दै तल्ला कमिटी एकता गर्न गठित कार्यदलले अन्तिम प्रतिवेदन तयार गर्न एक साताको समय मागेको छ ।
बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा कार्यदलको प्रतिवेदन सँगै सबै सदस्यहरुबीच छलफल भए पनि कार्यदललाई म्याद थप गर्ने निर्णय भैनसककेकाले शुक्रबार पुन बैठक बस्ने जानकारी दिएक छन ।










प्रतिक्रिया दिनुहोस्