काठमाडौँ, ९ फागुन । सम्राट सापकोटाको निर्देशन रहेको फिल्म ‘कब्स’को पहिलो गीत ‘तिमी र म’ बोलको भिडियो रिलिज भएको छ ।
फिल्म यूनिटले आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना उक्त फिल्मको गीत सार्वजनिक गरेको हो । गीतमा गायक विजय घिमिरे र गायिका नीतु घिमिरेको स्वर रहेको छ भने गायक घिमिरेकै शब्द तथा संगीत रहेको छ ।
गीतको भिडियोमा अनुप विक्रम शाही र सन्दिपा लिम्बुको अभिनय रहेको छ । राम शाक्यले निर्माण गरेको फिल्ममा अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सुशन प्रजापति छायांकन गरेको फिल्मलाई शिशिर खातीले कोरियोग्राफी गरेको छ ।
भिडियो










प्रतिक्रिया दिनुहोस्