काठमाडौं, १० फागुन । खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा कसैको गिद्दे नजर पर्न नदिने बताएकी छन् ।
शुक्रबार संसदमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले भनिन, ‘मेलम्ची उपत्यकाबासी जनताका निम्ति महत्वपूर्ण आयोजना रहेका साथै व्यक्तिगत रुपमा मेरो सफलतासँग जोडिएको विषय हो तसर्थ कुनै पनि गिद्धेनजर पर्न दिन्न ।’
मन्त्री मगरले आफ्नो पहिलो प्राथमिकता मेलम्चीको पानी काठमाडौं ल्याउन ठेकेदार कम्पनीलाई नै जिम्मा दिने रहेकोले सोही अनुसार सचिवले काम नगरेकाले सरुवा गरेको बताएकी छन ।
सांसदहरुले सरुवा गरिएका सचिव गजेन्द्र ठाकुरले मन्त्रीले कमिसन खान खोजेको आरोप लगाएका विषयमा पनि प्रश्न गर्दा उनले त्यस विषयमा आफूले नभई सम्बन्धित व्यक्तिले नै जवाफ दिनुपर्ने बताइन् ।










प्रतिक्रिया दिनुहोस्