समाचार

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु



सर्लाही, ११ फागुन । सर्लाहीकाे बरहथवा नगरपालिका – १६ गंगापुरमा  ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ ।

शनिबार बिहान गुडिरहेको ट्रयाक्टर सडकमा पल्टिएपछि एक्कासि आगो लाग्दा हरिपुर नगरपालिका -१ का २९ वर्षीय चालक राजेश  महतोको मृत्यु भ्येको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनको थप उपचारको लागि चितवनको भरतपुर लादै गर्दा बाटोमै मृत्यु भएको जनाएको छ ।