काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्रीको ६८औं जन्मोत्सब युवा तथा विद्यार्थीको आयोजनामा भब्य रुपमा सम्पन्न भएको छ ।

सत्तरुढ दल नेकपाको युवा संगठन युवा संघ नेपालको विशेष अयोजनामा भएको उक्त कार्यक्रममा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), वाइसिएल, प्रेस चौतारी नेपाल, नेकपाका तल्लो कमिटीका पदाधिकारी तथा राज्यका विशिष्ट व्यक्तित्वहरु लगायतको उपस्थितीमा प्रधानमन्त्री ओलीको जन्मोत्सव भव्यताका मनाईएको हो ।

युवा तथा विद्यार्थीको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटारमा भएको जन्मोत्सव कार्यक्रममा राज्यका विशिष्ठ व्यक्तिको भव्य रुपमा उपस्थिती रहेको थियो । राज्यका सुरक्षा निकायका विशिष्ट व्यक्ति, मन्त्री, पूर्वमन्त्री, प्रतिनिधिसभाका सांसद, प्रदेश सभाका सांसद, विभिन्न संघसंगठनका नेता तथा कार्यकर्ता लगायतका हजारौं शुभचिन्तकको सहभागिता रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्