काठमाडौँ,, १२ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार देशका ६ वटा प्रदेशका करिब २० जिल्लामा एनसेलका टावरमा आक्रमण गर्नेको तत्वको पहिचान भइसकेको दावी गर्दै तत्काल कानुनी कारवाही हुने बताउनुभएको छ ।
आइतबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले भन्नुभयो, ‘हालसम्म कसैले जिम्मेवारी लिएको त छैन् । तर अहिलेसम्म प्राप्त अनुसन्धानको रिपोर्टले राज्यविरोधी, संविधानविरोधी शक्तिले गरेको बुझिएको छ ।’ उहाँले स्पष्ट रुपमा नामै किटेर ‘नेकपा विप्लव समूहले गराएको’ पनि उल्लेख गर्नुभयो ।
गृहमन्त्री थापाले घटनामा संलग्न रहेको आशंकामा देशभरबाट १६ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले आक्रमण गर्ने टिमहरुको पहिचान गरिएको र पक्रने प्रक्रिया अघि बढिरहेको पनि गृहमन्त्रीले समितिलाई जानकारी दिनुभयो ।
गृहमन्त्रीका अनुसार देशव्यापी रुपमा पार्टीको केन्द्रीय योजना अनुसार आक्रमण गरेको बुझिएको छ । उहाँले भन्नुभयो, ‘अहिलेसम्म अज्ञात भन्ने छ । तर सिरियल्ली हेर्दाखेरी विगतमा निर्वाचन आयुक्तकोमा बम विस्फोट गराइएको र उनीहरुको भर्खर बसेको बैठकले गरेको निर्णय तथा राज्यलाई प्राप्त डकुमेन्टबाट सत्ता उल्टाउनका लागि लागिपरेको यही समूह भन्ने छ ।’










प्रतिक्रिया दिनुहोस्