राजनीति

खेलले मानिसलाई स्वास्थ्य बनाउँछ, जसले स्वास्थ्य क्षेत्रमा लगानी घटाउँछ : मन्त्री बिश्वकर्मा



रामेछाप, १३ फागुन । युवा तथा खेलकुदमन्त्री जगतबहादुर बिश्वकर्माले खेलले मानिसलाई स्वास्थ्य बनाउनुका साथै स्वास्थ्य क्षेत्रमा लगानी घटाउँने बताएका छन ।

आइतबार रामेछापको उमाकुण्ड गाउँपालिकाको अयोजनमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बिश्वकर्माले नेपालमा खेलको माध्यमबाटै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

देशले लिएको शान्ति, सुशासन र समृद्धिसहितको दीगो विकासको लक्ष पूरा गर्नको लागि पनि खेल आवश्यक रहेको बताए साथै उनले हिउँ, पानी, हावा आदिमा खेलिने खेलकुदको माध्यमबाट बाहृय पर्यटकहरुलाई समेत भित्र्याइ समृद्धिको बाटोमा अघि बढ्ने सम्भावन रहेको बताएका छन ।

खेलले अनुशासित बनाउने भएकाले त्यसले सुशासन कायम गर्न मद्धत पुर्‍याउने मन्त्री बिश्वकर्माको भनाइ थियो ।