काठमाडौँ, १३ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले कृषि उत्पादन वृद्धि गर्न सरकारले उत्पादनयोग्य ‘जनताको जमिन एकीकरण’ गर्ने योजना अघि सारिएको बताउनुभएको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रालयको भावी योजनाबारे ब्रिफिङ गर्दै उहाँले कृषि उत्पादन बढाउन सरकारले हैसियत बिग्रेका वनको जमिन र सरकारी–सार्वजनिक जमिनलाई पनि उपयोगमा ल्याउन सकिने स्पष्ट पार्नु भयो ।
मन्त्री अर्यालले कृषि उत्पादन बढाउन सरकारले उर्वर जमिन बाँझो राख्न नपाउने प्रावधानसहितको कानुनी व्यवस्था गर्न लागिएको पनि बताउनु भयो ।










प्रतिक्रिया दिनुहोस्