समाचार

प्रभु बैंक रहेको भवनमा आगलागी



बुटवल, १३ फागुन । बुटवलको अमरपथमा प्रभु बैंक रहेको भवनमा आइतबार साझ आगलागी भएको छ ।

आइतबार राती ११ बजेको आगलागी भएको प्रहरीले जनाएको छ । आगलागिबाट सो भवनमा रहेको बिन्दबासिनी फेन्सी पुर्णरुपमा जलेको छ भने बैंकको एटिएम मेसिनमा क्षति पुगेको छ । बैंकको भित्र के कति क्षति भयो भन्नेबारे अझै नखुलेको प्रहरिले जनाएको छ ।

आगो बुटवल उपमहानगरपालिकाको दमकलले नियन्त्रण लिएको थियो । सोही भवनमा लोयल समेत सन्चालनमा रहेको छ । आगलागी के कारणले भयो भन्ने हालसम्म केही पत्ता लाग्न नसकेको पहरीले जनाएको छ ।