समाचार

टी-२० महिला विश्वकप क्रिकेटमा आज नेपाल चीनसँग भिड्दै



काठमाडौं, १३ फागुन । आईसीसी टी-२० महिला विश्वकप क्रिकेटमा आज नेपाल चीनसँग भिड्दै छ ।

थाइल्यान्डको बैंकक्मा आज हुने नेपालको आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

चीन अहिले अंक तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ । चीनले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ । नेपालको पनि चार खेलबाट तीन खेलम जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक नै छ ।