Banner News

रक्षामन्त्री पोखरेल र अमेरिकी सहायक रक्षामन्त्री फेल्टरबीच भेटवार्ता



काठमाडौं, १३ फागुन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिलासम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टरबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मन्त्री पोखरेलसँग सहायक रक्षामन्त्री फेल्टरबीच भेटवार्ता भएको जनाएको छ । भेटवार्ताको क्रममा अमेरिकी सहायक रक्षामन्त्रीले नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन सहयोगी भूमिका खेल्न चाहेको बताएका छन ।

भेटको क्रममा मन्त्री पोखरेलले अमेरिकी सरकारले नेपाललाई अप्ठेरो परेको बेला सहयोग पुर्‍याउँदै आएको भन्दै उनले नेपाल सरकारले अघि सारेको आर्थिक विकास र समृद्धिको अभियानलाई सहयोग गर्न अमेरिकी सहायक रक्षामन्त्री जोसेफलाई आग्रह समेत गरेका छन।