समाचार

लागुऔषधसहित एक जना पक्राउ



काठमाडौं, १३ फागुन । काठमाडौंको चन्द्रागिरी नगरपालिका नागढुङ्गाबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिरगंजबाट काठमाडौं तर्फ आउदै गरेको ना. ७ ख २८३५ नम्बरको यात्रु बहाक बस चेकजाँचको क्रममा बिरगंज महानगरपालिका – १७ बस्ने  २५ बर्सिया जाकिर अन्सारीलाई  फेनरागन १५० एम्पुल, नुफिन १५० एम्पुल, डाइजापाम १५० एम्पुलसहित प्रहरीले पक्राउ गरेको छ ।

अन्सारीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत थानकोट लगिएको प्रहरीले बताएको छ ।