काठमाडौं, १३ फागुन । आईसीसी महिला विश्वकप क्रिकेटको पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले जित हासिल गरेको छ ।
थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चीनले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रन बनाउन सक्यो ।
चीनका लागि झान मेईले सर्वाधिक ३३ रन जोडिन् । यस्तै सियोन झौले १८ रन जोडिन् । नेपालकी सिता राना मगरले ३ तथा कृष्ण कुवरले १ विकेट लिईन् । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाईन् ।










प्रतिक्रिया दिनुहोस्