समाचार

भिरबाट खसेर एक जनाको मृत्यु



मुगु, १३ फागुन । मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

आइतवार राति सदरमुकाम गमगढीबाट घर फर्कँदै गरेका छाँयानाथ रारा नगरपालिका–३ निगाले गाउँका ३० वर्षीय पुर्णबहादुर रोकाया साँया खोलास्थित भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक रोकायासँगै गएका २७ वर्षीय सूर्यबहादुर विकको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भिरबाट खसेको सुनेपछि गाउँले र प्रहरी घटनास्थल पुगेर रोकायालाई जिल्ला अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।