काठमाडौँ, १४ फागुन । बिचौलियासँगको साँठगाँठ रहेको उजुरीका कारण विवादस्पद तीन जना न्यायधिस सरुवा भएका छन् ।
विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीशहरु चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायण पोखरेलको सरुवा गर्नुभएको हो । ढकाल र बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ भने पोखरेललाई राजविराज सरुवा गरिएको हो ।
उनीहरुले न्याय सम्पादनका क्रममा बिचौलियासँग भेटेकोजस्ता उजुरी प्रधानन्यायाधीश राणासमक्ष परेपछि उहाँहरुलाई अन्य उच्च अदालतमा सरुवा गरिएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्