समाचार

जलेको अवस्थामा एक दम्पत्ति मृत फेला



काठमाडौं, १४ फागुन । सप्तरीमा एक दम्पत्ति जलेको अवस्थामा मृत फेला परेका छन् ।

खडक नगरपालिका —५ मा आज बिहान साढे ८ बजे ७५ वर्षीय सकुरी साह र उनकी ६५ वर्षीया श्रीमती बेचनी देवी घरभित्रै मृत भेटिएका हुन् ।

उक्त घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएका छन् ।