सम्पादकीय

चिनियाँ राजदूतद्वारा अमेरिकी उपरक्षामन्त्री प्रति कडा आपत्ति



छिमेकमा चिनियाँ लगानीबारे अमेरिकाले पारदर्शिताको प्रश्न उर्ठापछि चीनले असन्तुष्टि जनाएको छ । चिनियाँ राजदूत होउ यान्छीले कोसौँ टाढा रहेको मुलकले छिमेकमा अविश्वास पैदा हुने गरी टिप्पणी गरेको बताएकी छन् । हिमाल र नदीनालाले जोडिएको नेपाल  चीन वर्षौदेखिका दुःख सुखका छिमेकी भएको उनको भनाई छ ।

अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौंमा निचिया लगानी नेपालको हितमा हुनुपर्ने बताएका थिए । यो पारदर्शी पनि रहनुपर्ने उनको धारण थियो । राजदूत होउले भने अर्काको लगानीको टिप्पणी गर्नुभन्दा आफ्नो सहयोग अघि बढाएर ती मुलुकको सम्पन्नता अभियानमा सघाउनु पर्ने बताइन् ।  याे समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।