काठमाडौं, १५ फागुन । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले मुलुक कृषिप्रधान भए पनि कृषि उपजको आयात बढी भएको र विप्रेषणबाट प्राप्त भएको रकम खाद्यान्नका लागि खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै किसानले आफ्ना उत्पादन खेर फाल्नुपर्ने अवस्थाको छिट्टै अन्त्य हुने बताएका छन ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्त्री खनालले किसानले सडकमा दूध पोख्नुपर्ने र खेतीमा डोजर लगाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम गरिरहेको बताएका छन ।
दूध पोख्ने अवस्थाको अन्त्यका लागि पाउडर दूध उत्पादनका लागि देशका विभिन्न स्थानमा कारखाना चलाइएको र निजी क्षेत्रलाई समेत त्यसमा सहभागी गराइएको उनले बताए ।
प्रधानमन्त्री खनालले आधुनिक कृषि परियोजनालाई तीनै तहका सरकारसँग जोडेर काम अगाडि बढाइएको भन्दै उनले मासुजन्य, फलफूल, चामल, तेल, गहुँ तेलहन बढी आयात भइरहेकाले त्यसलाई केही वर्षभित्रै आत्मनिर्भर बनाइने समेत बताएका छन ।










प्रतिक्रिया दिनुहोस्