समाचार

बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, दर्जनौ घाइते



धनुषा, १५ फागुन । धनुषाको मिथिला नगरपालिका ढल्केवरमा बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।

मंगलबार राति ढल्केवरमा ना ५ ख ४९६ नम्बरको मकालु बस र बिपरित दिशाबाट आएको ना ६ ख ९४९६ नम्बरको ट्रक ठोक्किँदा भारत विहार राज्यको मोतिहारी जिल्लाका २५ वर्षीय उदेश ठाकुर र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय शिवकला देवी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दर्जनौ घाइते यात्रु घाइते भएका छन् । उनिहरुको लालगढ मोडेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।