राजनीति

पूर्वमन्त्री बस्नेतद्वारा हेलिकप्टर दुर्घटनामा परि मृत्यु हुने प्रति दुःख व्यक्त



काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना भई सवैको मृत्यु प्रति दुःख व्यक्त गर्नुभएको छ ।

ताप्लेजुङको पाथिभरा नजिकै दुर्घटना परि मन्त्री अधिकारी, हेलिकप्टर क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, वीरेन्द्रबहादुर बुढाथोकी र अर्जुनकुमार घिमिरेको दुःखद् निधन प्रति भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गर्नुभएको छ । उहाँले मृत्यु हुनुभएका सातै जनाको दिगंवत आत्माको चिर शात्तिको कामना परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

त्यस्तै पूर्वमन्त्री बस्नेतले उद्दारको कार्यलाई यथासक्य छिटो गर्न आग्रह समेत गर्नुभएको छ । उहाँले दुर्घटनाको सत्य तथ्य चाँडो छानविन गर्नुपर्ने समेत बताउनुभएको छ ।

उहाँले मन्त्री अधिकारी सहित सात जनाको दुःखद् निधनले देशलाई अपुर्णनिय क्षती पुगेको बताउँदै समृद्ध नेपाल सुखि नेपालीको अभियानका यसले ठूलो असर परेको बताउनुभएको छ । उहाँको देशलाई समृद्ध बनाउने सपनाले साकार रुप पाओस् भनि भगवानसँग प्रथना समेत गर्नुभएको छ ।

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । मन्त्री अधिकारी सहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो ।