काठमाडौँ, १६ फागुन । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाडौंका लागि प्रस्थान भएको छ ।
प्रस्थान गरेसँगै उहाँको पार्थिव शरिरलाई काठमाडौँेको टुडिखेलमा दिउसो ३ः३० मा श्रद्धाञ्जली दिइने भएको छ ।
शवहरु ताप्लेजुङको सुकेटार विमानस्थलबाट सातै जनाको सव काठमाडौँको लागि हिडाइएको छ । शवहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ ।










प्रतिक्रिया दिनुहोस्