राजनीति

युवाको आशा र भरोसा ढल्यो, युवा आन्दोलन र मूलुकलाई अपुरणीय क्षती : द्वय युवा संगठन



काठमाडौँ, १६ फागुन । ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको बुधवार हेलिकोप्टर दुर्घटनापछि युवाको आशा र भरोसाको केन्द्रविन्दु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको दुःखद् मृत्युले युवा आन्दोलन र मुलुकलाई अपुरणीय क्षती पुगेको बताएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा संगठन युवा संघ नेपाल र वाइसिएल नेपालले संयुक्त रुपमा शोक बक्तव्य जारी गर्दै उक्त दुखद् कुरा उल्लेख गरेका छन् ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

उक्त दुःखद् निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै समस्त शोकाकुल परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरेका छन् ।