मोरङ, १८ फागुन । मोरङको कानेपोखरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
शुक्रबार साँझ कानेपोखरी गाउँपालिका–७ बरगाछीस्थित राजन तिम्सिनाको घरमा काम गर्ने क्रममा स्थानीय ३५ वर्षीय सागर तोलाङको मृत्यु भएको प्रहरीले बताएको छ ।
घरको पिलरको रड ठड्याउने क्रममा ११ हजार भोल्टको तारमा रडले छोएर करेन्ट लागेर घाइते भएका तामाङको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते हुने बेलबारी नगरपालिका–७ डाँगीहाट बस्ने २० वर्षीय नविन खवासको नोबेल अस्पताल विराटनगरमा उपचार भैरहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्